काठमाडौं । श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क साम्पाङले विद्यार्थीको मोबाइल खोसेर पानीमा डुबाइएको प्रकारणका निर्णयकर्तालाई सजाय दिनुपर्ने माग राखेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले त्यस्तो ‘रचनात्मक आदेश’ दिने व्यक्ति को हो भन्दै प्रश्न गरे । “विद्यार्थीको मोबाइल खोसियो । पानीमा डुबाएर मोबाइलको हत्या गरिएको हो कि के हो ? त्यो रचनात्मक निर्णय गर्ने व्यक्तिलाई सजाय दिनुपर्छ भनेर गृहमन्त्रीलाई भन्न चाहन्छु,” उनले भने ।
उनले टेम्पो भिरबाट पल्टाएको देखिएको भन्दै गृहमन्त्रीको ध्यानकर्षण गरे । “दोषी उपर कारबाही होस् । क्षतिपूर्तिको व्यवस्था गरियोस्,” उनले भने ।