काठमाडौं । सत्तारुढ दल रास्वपाकी सांसद आशिका तामाङले नेपाल भारत सीमामा कडाइ गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतार लगाउनुपर्ने बताइन् ।
उनले भनिन्, ‘सरकारले सीमा सम्बन्धित सबै विषयको साँचो तथ्य छानबिन गरी आवश्यक कूटनीतिक पहल गरी अघि बढाओस् भन्ने मेरो आग्रह छ । आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल लगाउनु परे पर्खाल, नत्र भने काँडेतार लगाइयोस् ।’
उनले सुस्तादेखि कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय संवेदनशील भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।