सिफारिस

रास्वपा कैलाली–५ को संयोजकमा धर्मराज पडाल चयन

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलाली क्षेत्र नम्बर ५ को संयोजकमा धर्मराज पडाल चयन भएका छन्।

पार्टीको संगठन विस्तार तथा क्षेत्रीय गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यसहित पडाललाई संयोजकको जिम्मेवारी दिइएको हो। लामो समयदेखि पार्टी संगठन निर्माण र जनतामाझ सक्रिय रहँदै आएका पडालले आफूलाई दिइएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले क्षेत्र नम्बर ५ का पार्टी सदस्य, शुभेच्छुक तथा आम नागरिकसँग सहकार्य गर्दै संगठनलाई थप मजबुत बनाउने र जनताका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन्।

पडाल संयोजक चयन भएसँगै रास्वपा कैलाली–५ मा संगठनात्मक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार