सिफारिस

स्वास्थ्य परीक्षणमै सेटिङः ‘फेल’लाई ‘पास’ बनाउने खेलपछि इटहरी यातायात प्रमुख मन्त्रालय तानिए

स्वास्थ्य परीक्षणको नाममा बिचौलियामार्फत सेवाग्राहीबाट १,००० देखि २,००० रुपैयाँसम्म अनधिकृत रूपमा रकम असुली गरिएको तथा ‘फेल’ भएका व्यक्तिलाई ‘पास’ गराइएको भन्ने लिखित तथा मौखिक उजुरी परेपछि बिहीबार इटहरीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) का कार्यालय प्रमुख सतिस सत्याललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा तानिएको छ।

उजुरीमा स्वास्थ्य परीक्षण प्रक्रियामै मिलेमतो गरी अनियमितता गरिएको उल्लेख छ। घटनापछि मन्त्रालयले सत्याललाई जिम्मेवारीबाट हटाउँदै तानेको हो।

हाल उक्त कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ शाखा अधिकृत सुभाष कार्कीले सम्हालिरहेका छन्। मन्त्रालयले घटनाबारे थप छानबिन सुरु गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?