सिफारिस

कञ्चनपुरमा ३.८५० किलो चरेस बरामद, एक जना भारततर्फ फरार

कञ्चनपुर। पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले ३.८५० किलोग्राम चरेसजस्तो देखिने पदार्थ बरामद गरेको छ।

आज २०८३/०५/२८ गते अपराह्न करिब ४:३० बजे सशस्त्र प्रहरी बल नेपाल बीओपी डोकेबजारबाट सशस्त्र प्रहरी सहायक हवल्दार महेन्द्र बिष्टको कमाण्डमा खटिएको पाँच जनाको पैदल गस्ती टोलीलाई देखेपछि एक जना पुरुषले आफूले बोकेको जेब्रा झोला त्यहीँ छाडेर भारततर्फ भागेका थिए।

झोला नियन्त्रणमा लिई जाँच गर्दा वाईवाई चाउचाउको कार्टुनभित्र गाढा खैरो रङको चरेसजस्तो पदार्थ शुद्ध तौल ३.८५० किलोग्राम फेला परेको प्रहरीले जनाएको छ।

झोलाबाट ईश्वरबहादुर धामीको नाममा जारी नेपाली नागरिकता प्रमाणपत्र, भारतीय आधार कार्ड, कर्नाटका स्टेटको ड्राइभिङ लाइसेन्स, सवारी साधन दर्ता प्रमाणपत्र, नेपाली सिमकार्डका दुईवटा सिम एडप्टर तथा वाईवाई चाउचाउ २९ वटा समेत बरामद गरिएको छ।

बरामद सामग्री आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी चौकी पचकडिया, कञ्चनपुरलाई बुझाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार