सिफारिस

कैलाली–५ मा चुनावी पैसाको चलखेल खुलासा, ५७ जनाको सूची प्राप्त भएको दाबी

धनगढी,कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेस का उम्मेदवार नरनारायण शाह मनु ले चुनावका क्रममा पैसाको चलखेल भएको खुलासा गरेका छन्।

शाहले कांग्रेसकै ५७ जनाले अन्य उम्मेदवारसँग पैसा बुझेको सूची आफूलाई प्राप्त भएको बताएका हुन्। ‘जो चुनावमा तेस्रो स्थानमा आउनु भएको थियो, उहाँले आएर मलाई एउटा लिस्ट नै दिनुभयो,’ समर्पण मिडियासँगको अन्तर्वार्तामा शाहले भने, ‘तपाईंप्रति मेरो सद्भाव छ भन्दै तपाईंका यी मान्छेले मबाट आर्थिक सहयोग लिनुभएको हो भनेर भन्नुभयो।’२१ फागुनमा सम्पन्न निर्वाचनमा कैलाली–५ मा प्रेमबहादुर आले तेस्रो स्थानमा रहेका थिए। शाहका अनुसार आलेले बुझाएको सूचीमा रहेका अधिकांश नेता तथा कार्यकर्ता पार्टीको विभिन्न जिम्मेवारीमा रहेका छन्।यद्यपि शाहले अन्तर्वार्तामा ती ५७ जनाको नाम भने सार्वजनिक गरेका छैनन्।

उक्त निर्वाचनमा आनन्दबहादुर चन्द विजयी भएका थिए भने शाह फराकिलो मतान्तरले दोस्रो स्थानमा रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?