काठमाडौँ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइसकेको खुलासा गरेका छन्। मंगलबार नयाँ दिल्लीमा आयोजित विदेश मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जयसवालले सो खुलासा गरेका हुन्। पत्रकारहरूले प्रवक्ता जयसवाललाई यसबारे प्रश्न गरेका थिए। जवाफमा उनले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइसकेको जानकारी दिएका हुन्।