सिफारिस

बागलुङ–१ मा राप्रपाबाट आचार्यसहित चार जनाको नाम सिफारिस

बागलुङ । फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरेको छ। जिल्ला कार्य समितिले कल्याण आचार्यसहित डिल्ली प्रसाद आचार्य, देवी प्रसाद कँडेल र सुरज खड्काको नाम केन्द्रमा पठाएको हो।

जिल्ला उपाध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको हस्ताक्षरमा केन्द्रमा पठाइएको पत्रअनुसार  पार्टीका केन्द्रीय उपाध्यक्ष दिल विकास राजभण्डारी र नेतृ समीक्षा थापाको नाम समानुपातिक उम्मेदवारका रुपमा सिफारिस भएको छ ।

बागलुङ–१ बाट सिफारिस भएका उम्मेदवारमध्ये युवा नेता कल्याण आचार्य हाल राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको प्रचार संयोजक छन्।

शैक्षिक रूपमा व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक अध्ययन गरेका आचार्य साहित्य लेखनमा पनि सक्रिय छन्। उनको उपन्यास ‘युवा उद्यमी’ प्रकाशित भइसकेको छ। राजनीतिमा आउनुअघि उनी सञ्चारकर्मीका रूपमा लामो समय सक्रिय थिए।

आचार्यले आफ्नो सिफारिसलाई व्यक्तिगत उपलब्धिभन्दा पनि पार्टीले युवा र शिक्षित वर्गप्रति देखाएको भरोसाका रूपमा लिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?