सिफारिस

वैकल्पिक सडक नहुँदा काठमाडौँ लगायतका मुख्य बजारमा तरकारी पठाउन समस्या भएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकाका स्थानीय किसान ज्यानकै जोखिम मोलेर कृषि उपज बजारसम्म पुर्‍याउन बाध्य भएका छन् ।

पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा खसेको पहिरो र त्यसले निम्त्याएको अवरोध छिचोल्दै किसानले आफ्नो उत्पादन विक्रीका लागि बजार लैजाने गरेका हुन् ।

वर्षाका कारण कृष्णभिर क्षेत्रमा निरन्तर खसिरहेको पहिरो र चुनौतीपूर्ण सडक अवस्थाका बाबजुद स्थानीयहरूले आफूले उत्पादन गरेको तरकारी बेनीघाट बजारसम्म ल्याइरहेका छन् ।

भौगोलिक विकटता र प्राकृतिक प्रकोपका कारण सडक सञ्जालमा अवरोध सिर्जना भएपछि किसानले तरकारीका भारी बोकेरै जोखिमपूर्ण यात्रा तय गर्नुपरेको हो ।

पहिरोग्रस्त क्षेत्रमा खसेका ढुङ्गा र लेदो माटोको प्रवाहबीच कृषि सामग्री ढुवानी गर्दा कृषकहरूले सास्ती खेप्नु परेको छ ।

उत्पादित वस्तु बजारसम्म पुर्‍याउन नसके लगानी डुब्ने डरले उनीहरू यसरी जोखिमपूर्ण रूपमा बजारतिर आउन विवश भएका हुन् ।

अवरुद्ध र जोखिमयुक्त बाटोका कारण बजारीकरणमा समस्या उत्पन्न हुँदा स्थानीय किसानको आयआर्जनमा समेत गम्भीर असर पुगेको छ ।

गत भदौ १० गतेको त्रिशूली नदीको बाढीका कारण कृष्णभिर, परेवाभिर लगायतका नदी तटीय क्षेत्रको सडक अवरुद्ध छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार