सुनसरी । सुनसरीको देवानगञ्ज घटनाले पूर्वी जिल्लाहरुको अवस्था तनावपूर्ण बन्दै गएको छ । कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु र दर्जनौ घाइते भएपछि अन्य जिल्लाहरुमा पनि माहोल तातिएको हो ।
विराटनगरमा युवाहरुले बिहानैदेखि बजार ठप्प पारेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले ‘सुनसरीका सिडिओ मूर्दावाद’, ‘हत्यारालाई कारवाही गर’, ‘हत्यारा गृहमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका हुन् ।
उता, सिरहामा पनि आक्रोशित युवाहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । गोलबजार, कसहा लगायतका क्षेत्रमा युवाहरुले प्रधानमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरेका हुन् । प्रहरीले भिडलाई तितरबितर पार्ने प्रयास गरिरहेको बुझिएको छ ।