सिफारिस

धनगढीमा आत्मदाह प्रयास गरेका ३५ वर्षीय युवकको ज्यान गयो क्रममा मृत्यु

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–३ का ३५ वर्षीय ज्योती चौधरीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले साउन ९ गते साँझ करिब ७:३० बजे आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि आफन्तले उनको उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुर्‍याएका थिए।

प्रहरीका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो। सेती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई भेरी अस्पताल, नेपालगञ्ज रिफर गरिएको थियो। त्यसपछि परिवारले थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा धादिङ पुगेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव घरमा ल्याइएको छ भने पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाउने प्रक्रिया अघि बढाइएको छ। आत्मदाह प्रयास गर्नुको कारण भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार