सिफारिस

शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नियुक्ति विवाद, स्वार्थ बाझिने नियुक्ति खारेजको माग

धनगढी । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार नियुक्तिलाई लिएर विवाद चर्किएको छ। राजनीतिक पहुँच र निजी स्वार्थ बाझिने व्यक्तिलाई नेतृत्वमा ल्याइएको आरोप लाग्दै नियुक्ति खारेज गर्न माग उठेको हो।

२४औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसीले निजी मेडिकल कलेजसँग आबद्ध व्यक्तिहरूलाई सरकारी विश्वविद्यालयको नेतृत्वमा नियुक्त गर्नु चिकित्सा शिक्षा सुधारको भावना विपरीत भएको बताएका छन्। उनका अनुसार यस्तो नियुक्तिले विश्वविद्यालयको स्वायत्तता, पारदर्शिता र गुणस्तरीय चिकित्सा शिक्षामा नकारात्मक असर पर्नेछ।

रजिस्ट्रार भीम चन्दमाथि निजी मेडिकल कलेजसँगको सम्बन्धका कारण विश्वविद्यालयको नीति, नियम तथा प्रशासनमा आफ्नो प्रभाव बढाउन खोजेको आरोप लगाइएको छ। साथै, विश्वविद्यालयमा स्थायी दरबन्दी सिर्जना गरी लोकसेवा आयोगमार्फत कर्मचारी भर्ना गर्नुको सट्टा करारमार्फत नियुक्ति गर्ने तयारी पनि विवादको विषय बनेको छ।

यसैबीच, विश्वविद्यालयमा भएका नियुक्ति र प्रशासनिक निर्णय निष्पक्ष तथा पारदर्शी हुनुपर्ने माग गर्दै सरोकारवालाले स्वार्थ बाझिने नियुक्ति तत्काल खारेज गरी योग्य र निष्पक्ष व्यक्तिबाट नेतृत्व चयन गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार