सिफारिस

बैतडी ट्राफिक प्रहरीद्वारा १२ लाख ९८ हजार राजस्व सङ्कलन

बैतडी । बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम उल्लङ्घनकर्ताबाट १२ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम गत आर्थिक वर्षमा सङ्कलन गरिएको हो ।

उक्त कार्यालयका प्रवक्ता सुरज सिंहकाअनुसार गत आवमा १७० ट्रक तथा ट्याङ्कर, १९ बस तथा मिनिबस, ७५४ जिप–कार–भ्यान, ९१ ट्याक्टर, ३५१ मोटरसाइकल र १२३ टेम्पोचालकलाई कारबाही गरिएको हो ।

गत आवमा उक्त जिल्लामा ६२ सवारीसाधन दुर्घटनामा परेका तथा तिनमा ३४ जनाको मृत्यु भएको जानकारी दिँदै उनले १७६ जना घाइते भएका बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार