धनगढी । कैलाली प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका ८४ हजार ६२४ रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका प्रहरी टोलीले शुक्रबार धनगढी उपमहानगरपालिका–१८ थापाघाट र भजनी नगरपालिका–७ हिक्मतपुर क्षेत्रबाट बेवारिसे अवस्थामा रहेका सुर्ती, विषादी, प्लास्टिक झिल्ली लगायतका सामान फेला पारी नियन्त्रणमा लिएको हो।
बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ।