जनकपुरधाम । सिराहामा घुस रकमसहित कर अधिकृत पक्राउ परेका छन् । बुधबार आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाल पाँच लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको छ ।
पक्राउ परेका पालले सिरहा सुपरमार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण गर्ने क्रममा घुस रकम माग गरेका थिए । सोही घुस रकमसहित उनी पक्राउ परेका हुन् ।