धनगढी। कैलालीको जानकी गाउँपालिका–८ आमपुर भक्रैयामा पावर टेलर अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ।
बुधबार बिहान जानकी गाउँपालिका–५ पथरैया निवासी २५ वर्षीय नरेन्द्र चौधरीले चलाएको पावर टेलर अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि टिकापुर अस्पताल लगिएको थियो।उपचारकै क्रममा बुधबार साँझ चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।