सिफारिस

परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको नयाँ दिल्ली पुगेका छन् । भारतको तीनदिने भ्रमणको सिलसिलामा उनी शुक्रबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगेका हुन् । नयाँ दिल्लीस्थित विमानस्थलमा उनलाई भारतको विदेश मन्त्रालयका अतिरित्त सचिव मुनु महावरले स्वागत गरेका थिए ।

शनिबार नयाँ दिल्लीमा नेपाल–भारत द्विपक्षीय प्रतिनिधिमण्डलस्तीय बैठक बस्नेछ । बैठकमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकर सहभागी हुनेछन् ।

परराष्ट्रमन्त्री खनाल आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार