सिफारिस

किन पानी ट्याङ्कीमा हालियो मोबाइल ?

काठमाडौं ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षामा विद्यार्थीबाट जफत भएका मोबाइल फोनहरु पानीमा डुबाएर नष्ट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । ठूलो परिमाणमा प्रहरीले मोबाइल पानी ट्याङ्कीमा हालेर नष्ट गरेको भिडियो बाहिरिएपछि विरोध र समर्थन दुवै भइरहेको छ । सो भिडियो जिल्ला प्रहरी कार्यालय,सिराहाको हो । प्रहरीले केही दिनअघि जफत भएको सयौं मोबाइल र स्मार्ट वाच भरी पानीको ट्याङ्कीमा हालेर नष्ट गरेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ता माधवप्रसाद तिवारी लेख्छन्,‘यो के गर्या ? कुन कानुनअनुसार काम गर्या ? मोबाइल यसरी नष्ट गरेर के बलियो बनाउन खोज्या ? विद्यार्थीको हातबाट थुतेको मोबाइल यसरी नष्ट गर्न सरकारले कार्यकारी आदेश दिएको हो ? कतिवटा मोबाइल समातेर कति वटा यसरी नष्ट गरेको ? नष्ट गर्ने आदेश कता छ हामी पनि पढौं त !’ बिजु घलान तामाङले प्रतिबन्धित सामान लैजानेलाई गर्नुपर्ने नै त्यही भएको बताएका छन् ।

‘प्रतिबन्धित सामग्री लानेलाई गर्नुपर्ने त यही हो,हाम्रो पालामा पनि चिट खोसेर फिर्ता दिँदैनथ्यो । तर,हामीले कहिल्यै विरोध गरेनौं’,उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय,सिराहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेश पालले परीक्षा समितिको निर्णयानुसार मोबाइल नष्ट गरिएको बताए । उनका अनुसार यसपटक एसईई र कक्षा १२ को परीक्षालाई मर्यादित बनाउनका निम्ति परीक्षा हलमा मोबाइल र स्मार्ट वाच लैजान नदिने निर्णय भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार