सिफारिस

गेटा आँखा अस्पतालमा प्रशासन–कर्मचारी विवाद चर्कियो, स्थानीय पनि आक्रोशित

धनगढी– कैलालीस्थित गेटा आँखा अस्पताल मा प्रशासन, कर्मचारी र स्थानीयबीच विवाद चर्किएको छ। कर्मचारीहरूले श्रम अधिकार, महँगी भत्ता, पदोन्नति तथा कार्यस्थलको वातावरणबारे गम्भीर असन्तुष्टि जनाउँदै प्रशासनमाथि मानसिक दबाब र विभेदपूर्ण व्यवहार गरेको आरोप लगाएका छन्।

यता स्थानीयहरूले पनि अस्पताल प्रशासनमाथि सेवामुखीभन्दा व्यापारिक सोच हावी भएको, क्याबिन शुल्क महँगो बनाइएको तथा प्रशासनिक कार्यशैली तानाशाही भएको आरोप लगाएका छन्। प्रमुख प्रशासक दीर्घबहादुर चन्दविरुद्ध अख्तियारसम्म जाने चेतावनीसमेत दिइएको छ।

तर प्रमुख प्रशासक दीर्घबहादुर चन्द, प्रमुख चिकित्सा निर्देशक सुरेशराज पन्त र व्यवस्थापन समितिका अध्यक्ष लोकराज जोशीले भने आरोप अस्वीकार गर्दै अस्पताल नियमअनुसार सञ्चालन भइरहेको दाबी गरेका छन्।

कर्मचारी, स्थानीय र प्रशासनबीचको विवादले अस्पतालको कार्य वातावरण र सेवा प्रवाहमै असर पर्ने चिन्ता बढाएको छ भने उठेका आरोपबारे निष्पक्ष छानबिनको माग पनि बलियो बन्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार