धनगढी । कैलालीमा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्कीचुहा नगरपालिका–६ बागमाराका २५ वर्षीय अर्जुन भुलको करेन्ट लागेर मृत्यु भएको हो। उनी तराइला नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा गम्भीर घाइते भएका थिए।
करेन्ट लागेर घाइते भएका भुललाई उपचारका लागि भल्का अस्पताल, लम्की लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।