सिफारिस

बेहेडाबाबा मेलामा निसर्ग हस्पिटलको स्वास्थ्य सेवा, भण्डाराका लागि खाद्यान्न सहयोग

धनगढी । धनगढी उपमहानगरपालिका–१६ स्थित प्रसिद्ध धार्मिक आस्थाको केन्द्र बेहेडाबाबा धाममा सुरु हुने गंगादशहरा मेलामा सहभागी हुने श्रद्धालु भक्तजनहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले यस वर्ष पनि मन्दिर परिसरमै निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गर्दैछ।

मेलाको अवधिभर आवश्यक स्वास्थ्य सहायता तथा मेडिकल इमर्जेन्सी सेवा उपलब्ध गराइनेछ। साथै, भण्डारा व्यवस्थापनका लागि निसर्ग हस्पिटलबाट ५० हजार बराबरको खाद्यान्न सामग्री बेहेडाबाबा धाम कार्यसमितिलाई हस्तान्तरण गरिएको छ।
धार्मिक आस्था, सेवा र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध निसर्ग हस्पिटल यस पवित्र अवसरमा सम्पूर्ण श्रद्धालु भक्तजनमा सुस्वास्थ्य, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछ।

प्रतिक्रिया

सम्बन्धित समाचार