सिफारिस

राजद्रोह तथा चन्दा मुद्दाका फरार प्रतिवादी बझाङबाट पक्राउ

धनगढी । राजद्रोह तथा चन्दा मुद्दामा फरार रहेका एक प्रतिवादीलाई बझाङ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालतको २०७७ पुस १५ गतेको फैसलाले दाेषी ठहर भएर फरार रहेका जयपृथ्वी नगरपालिका–१ कैलाशका ४० वर्षीय लक्ष्मण बहादुर सिंहलाई  पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी सहायक हवल्दार मोहन कुमार डाँगाको कमाण्डमा खटिएको टोलीले उनलाई सोमबार दिउँसो जयपृथ्वी नगरपालिका–१० चैनपुर बजार क्षेत्रमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका सिंहमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार