सिफारिस

कांग्रेसको अनुशासन समितिका संयोजक तारामान गुरुङ ८ दिन हिरासत बसेर छुटे

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिका संयोजक तारामान गुरुङ ८ दिन हिरासत बसेर छुटेका छन् ।

पूर्वराज्यमन्त्री समेत रहेका गुरुङ जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा ८ दिन हिरासत बसेर छुटेका हुन् ।परिसरका एसएसपी दिलिप घिमिरेले उनी ८ दिन हिरासत बसेर छुटेको पुष्टि गरे । ‘बैंकिङ कसुरमा पक्राउ परेका थिए । पीडितलाई रकम बुझाएर छुटेका हुन्’, एसएसपी घिमिरेले भने ।

परिसरले उनलाई १८ भदौमा पक्राउ गरेको थियो । उनीविरुद्ध तीन फरक व्यक्तिले उजुरी दिएका थिए ।

दोर्जे शेर्पालाई ३३ लाख ५० हजार, रिगुज्याम्पु शेर्पालाई १४ लाख र सुनुर्पु शेपालाई २४ लाख तिरेर उनी रिहा भएका हुन् । उनी २६ भदौमा छुटेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार