सिफारिस

सहयोग बोकेर भारतीय र अमेरिकी विमान काठमाडौंमा

काठमाडौं । भारतीय वायुसेनाको वटा विमान राहत सामग्रीसहित काठमाडौं आएको छ । रसुवाको भोटेकोशी हुँदै अस्ति बिहान आएको भीषण बाढीबाट प्रभावितहरुका निम्ति राहत सामग्री बोकेर विङ कमाण्डर कर्णेल मृत्युञ्जय दत्तको कमाण्डमा ११ जनाको एउटा टोली हिजो दिउँसो सवा १२ बजे काठमाडौं आइपुगेको हो ।

नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले २५ टन राहत सामग्री विज्ञान,प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन् । त्यसैगरी, अमेरिकी वायु सेनाको विमान पनि काठमाडौं आएको छ ।

एअर फोर्स सि १३०जे हरक्युलस ट्रेक ११३ उडान नम्बरको विमान थाइल्याण्डबाट मुम्बई हुँदै हिजो दिउँसो ३ बजेर २१ मीनेटमा आएको हो । भदौ १० गते बिहानको आकस्मिक बाढीले ठूलो धनजनको पुर्याएको छ । बाढी पीडितको उद्धार र राहतका निम्ति विभिन्न मुलुकले सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार