धनगढी, मिति २०८२/११/२१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी का केन्द्रीय सदस्य रमेश प्रसाई धनगढी आइपुग्ने भएका छन्।
धनगढी स्थित Gen Z मार्गमा आयोजना गरिने कोणसभालाई सम्बोधन गर्न प्रसाई आउने कार्यक्रम तय गरिएको पार्टी स्रोतले जनाएको छ। प्रतिनिधि सभा निर्वाचनको प्रचार–प्रसारलाई तीव्रता दिने उद्देश्यले आयोजना गरिएको सभामा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रम साँझ ठीक ६ बजे सुरु हुने बताइएको छ। आयोजकले समर्थक तथा सर्वसाधारणलाई समयमै उपस्थित हुन आग्रह गरेका छन्।