सिफारिस

आफ्ना मान्छे पालैपालो नियुक्त

काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा प्रधानमन्त्री बालेन्द्र शाह निकट सन्तोषकुमार थापा नेपाल स्काउटको अन्तरिम राष्ट्रिय कार्यकारी समितिमा प्रमुख आयुक्त नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले हिजो उनलाई उक्त पदमा नियुक्त गरेको हो ।

थापालाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयमा हिजै नियुक्तिपत्र हस्तान्तरण गरेका थिए । सन्तोष गत स्थानीय तह निर्वाचनमा बालेनको चुनावी अभियानमा सक्रिय थिए । पछिल्लो समय बालेन,रवि लामिछाने निकट मानिएकाहरू विभिन्न सार्वजनिक निकाय र सरकारी जिम्मेवारीमा नियुक्त भएका छन् । अहिले थापाको नियुक्ति पनि त्यही शृंखलाको निरन्तरता भएको बताइन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार