सिफारिस

चोरी मुद्दाका फरार रहेका गाेदावरीका एक युवक पक्राउ

धनगढी । चोरी मुद्दामा अदालतबाट कैद सजाय र जरिवाना ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत कञ्चनपुरको २०८१ चैत १२ गतेको फैसलाले चोरी मुद्दामा ३५ दिन कैद सजाय र ३ हजार रुपैयाँ जरिवाना तोकिएका कैलालीको गोदावरी नगरपालिका–३ ढकवा निवासी २६ वर्षीय नविन टमटालाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले मंगलबार कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ गजरौलाबाट उनलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका टमटालाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार