सिफारिस

कर्मचारीको लापरबाही, राज्यकोषबाट क्षतिपूर्ति

कैलाली । कैलालीको गोदावरीमा डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले नियन्त्रणमा लिएर टेम्पो जंगलमा फालेको घटनापछि वन कार्यालयले टेम्पोधनीलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति गरेको छ।

घटनापछि चर्को आलोचना भएको थियो भने सरकारी कर्मचारीकै संलग्नतामा सवारी साधनमा क्षति पुगेको भन्दै स्थानीयवासी र पीडित पक्षले विरोध जनाएका थिए। त्यसपछि भएको छलफलमा वन कार्यालयले क्षतिपूर्ति उपलब्ध गराउने सहमति गरेको हो ।

घटनाले वन कर्मचारीको कार्यशैलीमाथि प्रश्न उठाएको छ भने सरकारी निकायबाटै सम्पत्तिमा क्षति पुर्याइएको विषयलाई लिएर थप छानबिनको मागसमेत गरिएको छ। कर्मचारीको लापरबाहीले उत्पन्न घटनामा राज्यकोषबाट क्षतिपूर्ति तिरिने विषयमाथि पनि प्रश्न उठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार