अछाम । अछामको साँफेबगर नगरपालिका–४ छिपेखोलास्थित एक होटलबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार साँझ जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले साँफेबगर नगरपालिका–५ घर भई छिपेखोलामा अस्मिता होटल सञ्चालन गर्दै आएका ४८ वर्षीय चक्र चाडसहित पाँच जनालाई पक्राउ गरेको हो।
प्रहरीले घटनास्थलबाट २९ हजार ६७० रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरेको जनाएको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।