सिफारिस

वडाध्यक्षमाथि हातपात गर्ने पत्रकार ऐश्वर्य निलम्बित

कञ्चनपुर । नेपाल पत्रकार महासंघ,कञ्चनपुर शाखाले पत्रकार ऐश्वर्य कुँवरलाई सदस्यताबाट निलम्बन गरेको छ । आचरणविपरीत कार्य गरेको भन्दै ‘पत्रकार महासंघको विधान, २०६० ९पाँचौं संशोधन, २०७५०’ परिच्छेद ५ को दफा १८९३० को ‘च’ बमोजिम कारबाही गरिएको हो ।

उनले असार ७ गते दिउँसो १ बजे भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्रप्रसाद देवकोटामाथि दुर्व्यवहार र हातपात गरेकी थिइन् । सो भिडियो सामाजिक सञ्जालमा भाइरल छ । घटनापछि उनलाई प्रहरीले हिजो नियन्त्रणमा लिएको छ । यता, वडाध्यक्ष देवकोटाले उनीमाथि फिरौती मागेको र रकम असुल गरेको आरोप लगाएका छन् ।

पत्रकार कुँवर यसअघि पनि पटकपटक विवादमा तानिएर प्रहरी हिरासतमा पुगेको खुलेको छ । एके३ टिभी नामक फेसबुक पेज चलाउँदै आएकी उनले आफ्नै वडाको स्कुलमा स्थानीयहरु पठाएर हंगामा गर्न लगाएकी थिइन् ।

वडा नम्बर ५ स्थित सत्यवादी माविमा पुराना आर्थिक सहयोगको बिल पठाएर विवाद गर्न लगाइन् । त्यसपछि भिडियो बनाएर आफ्नो फेसबुक पेजबाट सार्वजनिक गरिन् । विद्यालयका अनुसार विवाद गर्न आएका व्यक्तिका छोराछोरी सो विद्यालयमा पढ्दैनन् ।

विद्यालयलाई कहिल्यै आर्थिक सहयोग नै नगरेका राजुसिंह खड्कालाई पठाएर तालाबन्दी गर्न लगाएको प्रधानाध्यापक सुरेन्द्रसिंह साउदको भनाइ छ । उनीहरुले विद्यार्थीलाई पोशाक नलगाईकन विद्यालय आउन दिन माग गरेको र आफूले नमान्दा विभिन्न आरोप लगाएको साउदद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार