राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एक जना वडा सभापति पक्राउ परेका छन् ।
पर्साको वीरगञ्ज महानगरपालिका–२५ का वडा सभापति प्रकाश साहलाई प्रहरीले हिजो नियन्त्रणमा लिएको हो । उनी ईलाका प्रहरी कार्यालय,श्रीपुरको हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय,पर्साका सूचना अधिकारी डिएसपी चक्रबहादुर मल्लले बताए ।
उनका अनुसार अभद्र व्यवहारको कसुरमा उनलाई समातिएको हो । वीरगञ्ज भन्सारस्थित एकीकृत जाँच चौकी (आईसीपी) को परिसरमा उनी र माछा व्यवसायीबीच विवाद भएको थियो । सो क्रममा उनले हातपात गरेको आरोप छ ।
उनीमाथि अनुसन्धान भइरहेको जानकारी दिँदै डिएसपी मल्लले भने,‘घटना एकाध दिनअगाडिको हो । हिजो हामीले उहाँलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेका छौं ।’