सिफारिस

सु•प प्रदेश सदस्यमा सुरेश बहादुर विकको उम्मेदवारी घोषणा

धनगढी, जेठ ३० – दलित समुदायको हक, अधिकार, प्रतिनिधित्व र सशक्तीकरणलाई केन्द्रमा राख्दै सुरेश बहादुर विकले दलित क्लस्टरतर्फबाट प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

उम्मेदवारी घोषणा गर्दै विकले दलित समुदायका मुद्दालाई प्रभावकारी रूपमा उठाउने, सामाजिक न्याय, समान अवसर तथा समावेशी विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रदेशस्तरमा दलित समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न विशेष पहल गर्ने बताए।

विकले शिक्षा, स्वास्थ्य, रोजगारी, सीप विकास तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा समुदायका आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको उल्लेख गरे। साथै, उनले मतदाता तथा शुभेच्छुकहरूसँग समर्थन र सहयोगको अपिल गरेका छन्।

स्थानीय राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले विकको उम्मेदवारीले दलित समुदायको प्रतिनिधित्व थप मजबुत हुने विश्वास व्यक्त गरेका छन्। उम्मेदवारी घोषणासँगै प्रदेश सदस्य पदको निर्वाचनमा चासो र गतिविधि बढ्न थालेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार