सिफारिस

कैलालीमा आगलागीबाट घरसहित धनमाल नष्ट

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ ओखडेकोटमा आगलागी हुँदा एक घरसहित घरभित्र रहेका विभिन्न धनमाल जलेर नष्ट भएका छन्।

स्थानीय तुलाराम जैशीको घरमा गएराति आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट घर पूर्णरूपमा क्षतिग्रस्त हुनुका साथै घरभित्र रहेका खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतका सामग्री जलेर नष्ट भएका छन्।

आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनामा कुनै मानवीय वा चौपायाको क्षति भने भएको छैन।

स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार